‘नाडा ईभी एक्स्पो २०२२’ शुरु [फोटो फिचर]

‘नाडा ईभी एक्स्पो २०२२’ शुरु [फोटो फिचर]


नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहिबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो । अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन् । 

नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ। नाडा ईभी एक्स्पो पहिलो पटक भएकाे हाे। नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए। उनका अनुसार नाडा ई भि एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् ।

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ।  अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ । दुईपांग्रे ब्रान्ड रहेका छन । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ। 

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ। 

सिएट द्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध रहेका छन। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । 

नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ। अबको ५–६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको छ । नेपाली चाड–पर्वहरुको पूर्वाधारमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बन्धित सम्पर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवद्र्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडाको विश्वास छ। 

तस्बिरमा हेरौं, ‘नाडा ईभी एक्स्पो २०२२’

तस्विर: राजेश राई / केन्द्रबिन्दु

तस्विर: राजेश राई\केन्द्रबिन्दु

Logo