‘विद्युतीय सवारी साधनको अपरिहार्यतालाई महसुस गर्दै नाडा ईभी एक्स्पो’ -अध्यक्ष थापा

‘विद्युतीय सवारी साधनको अपरिहार्यतालाई महसुस गर्दै नाडा ईभी एक्स्पो’ -अध्यक्ष थापा


अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुब्र थापाले विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा बिहीबार सुरु भएको ४ दिने नाडा ईभी एक्स्पोको अवसरमा अध्यक्ष थापाले विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा समेत सहयोग पुग्ने बताएका हुन् । ‘नेपालमा पहिलो पटक भृकुटी मण्डपमा शुरुवात भएको छ,’ उनले भने,‘नेपालमा विद्युतीय सवारी साधनकोे अपरिहार्यतालाई महशुस गर्दै नाडा ईभी एक्स्पो शुभारम्भ भएको हो ।’

वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने उनको भनाई छ ।

साथै अध्यक्ष थापाले सरकारले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने बताइरहदाँ १०० किलोवाट माथीका गाडीमा कर बढाउनु उपयुक्त नभएको बताए । ‘सरकारले १०० किलोवाट माथीका गाडीमा कर बढाउँदा प्रोत्साहनको सट्टा निरुत्साहन भएको छ,’ अध्यक्ष थापाले भने, ‘नेपालको भौगोलिक अवस्था अनुसार २०० किलोवाट क्षमतासम्मका गाडीलाई पुरानै व्यवस्था अनुसार कर कायम गरिदिन अनुरोध गर्दछु।’

नाडा अध्यक्ष थापाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परिरहेको पनि बताए  । उनले कार,जिप, भ्यान र १५० सिसि माथीका मोटरसाइकल आयात खुल्ला गर्न सरकारसँग माग गरेका थिए ।  

नेपालको इतिहासमै पहिलोपटक शुरु भएको नाडा ईभी एक्स्पोको अर्थमन्त्री जनार्दन शर्माले शुभारम्भ गरेका थिए । 

Logo