१२ असोज २०७९ बुधबार
1
1
1
1

गाडी आयातमा लगाइएको प्रतिबन्ध छिट्टै हट्नुपर्छ -अध्यक्ष गोल्छा

1
1
1
1

उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नाडाका पूर्वध्यक्ष शेखर गोल्छाले गाडी आयातमा लगाइएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डमा बिहीबार (आज) देखि ४ दिनसम्म संचालन गरेको नाडा इभी अटो एक्स्पो २०२२ लाई सम्वोधन गर्दै अध्यक्ष गोल्छाले सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परिरहेको भन्दै कार, जिप, भ्यान र १५० सिसि माथीका मोटरसाइकल आयात खुल्ला गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘ सरकारको सहुलियतका कारण अहिले ३०–३५ लाखमै गाडी पाउने अवस्था रहेको रहेको छ । सरकारको नीति स्थिर रहनुपर्छ र अन्तशुल्क र भन्सार महशुल बढाउनु हुँदैन । वातावरण संरक्षण गर्नको लागि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्छ ।’

अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने भन्दै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख गरेका छन् । यसका साथै वातावरण संरक्षण गर्नको लागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नु पर्ने धारणा समेत व्यक्त गरेका छन् ।

प्रकाशित: ६ असोज २०७९ १८:३४ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी