नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।
प्रकाशित: ७ असोज २०७९ १२:१९ शुक्रबार