‘नाडा ईभी एक्स्पो’को दोस्रो दिनः अवलोकनका लागि आउनेको भिड

‘नाडा ईभी एक्स्पो’को दोस्रो दिनः अवलोकनका लागि आउनेको भिड


आज ‘नाडा ईभी एक्स्पो’को दोस्रो दिन । नेपालको इतिहासमै पहिलोपटक नाडा अटोमोवाईल्स एसोसिएसको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमा हलमा चलिरहेको ईभी एक्स्पोमा अवलोकनका लागि आउनेको भिड बढ्दो छ ।  

नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ। तर नाडा ईभी एक्स्पो भने पहिलो पटक भएको हो। एक्स्पोमा ५१ वटा स्टल रहेका छन् । जसमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् ।

गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ।  अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ । दुईपांग्रे ब्रान्ड रहेका छन । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ।  साथै त्यहाँबाट उनीहरूको सेवा र स्किमहरूको बारेमा पनि जानकारी लिन सकिनेछ ।

चापको व्यवस्थापनको लागि नाडाले खल्ती एप मार्फत टिकट काट्न सकिने व्यवस्था गरेको छ । एक्स्पोमा प्रवेशको लागि विद्यार्थीलाई १५० रुपैयाँ र सर्वसाधारणको लागि २०० रूपैयाँ व्यवस्था गरेको छ। एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, बिक्री पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहेका छन् । 

सिएटद्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध रहेका छन। एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले बिहीबार शुभारम्भ गरेका नाडा ईभी एक्स्पो ९ गतेसम्म चल्नेछ ।  

Logo