नेप्सेमा सूचिकृत अभियान लघुवित्तको आईपीओ आइतबारबाट कारोबारमा आउने

नेप्सेमा सूचिकृत अभियान लघुवित्तको आईपीओ आइतबारबाट कारोबारमा आउने


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । 

जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको हो । यो सँगै आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ । 

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ । आगामी आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ । 
 

Logo