११ असोज २०७९ मंगलबार
1
1
1
1

दशैंभित्र दोर्दीको २५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिने

1
1
1
1

लमजुङको दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनी भएर बग्ने दोर्दी खोलामा लिवर्टी इनर्जी कम्पनीले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माण पूरा भएको छ ।

आयोजनाको सिभिल संरचना र उपकरण जडान लगायत सबै क्षेत्रको काम सकिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्ती बताउँछन्  । 

‘नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली आएसँगै बिजुली उत्पादन परीक्षण सुरु गरिनेछ,’ उनले भने। आयोजनाको दुई साताको बिजुली उत्पादन परीक्षण सफल भएमा व्यापारिक उत्पादन सुरू गरिनेछ । आयोजनाको विद्युत प्राधिकरणको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ ।

आयोजना निर्माणको काम यसअघि नै अन्तिम चरणमा पुर्‍याए पनि २०७८ असारमा आएको बाढीले ठूलो क्षति पुर्‍याउँदा प्रभावित भएको थियो । बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणको काम सकिएको हो । आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोको कारण उत्पादन तालिका धकेलिँदै आएको आयोजनाले जनाएको छ ।

यसअघि आयोजना सम्पन्न गर्न चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भएको थियो । बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्दा लागत बढेको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’ सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी गाउँपालिका वडा नं १ लगायत आयोजना निर्माणाधीन छन् । २७ मेगावाटको दोर्दी खोलाले भने विद्युत उत्पादन परीक्षण सुरु गरेको छ । 

अर्थ संसार

प्रकाशित: ७ असोज २०७९ १७:०३ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी