नाडा ईभी एक्स्पो प्रदर्शनीः टेस्ला मोडल ३ र मोडल वाई कार आकर्षणको केन्द्रमा

नाडा ईभी एक्स्पो प्रदर्शनीः टेस्ला मोडल ३ र मोडल वाई कार आकर्षणको केन्द्रमा


काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा ईभी एक्स्पो २०२२ मा अवलोकनकर्ताको भीड लागेको छ ।

पछिल्लो समय विश्वभर बजार लिँदै गरेका विद्युतीय कारको प्रदर्शनीमा उपभोक्ताको आकर्षण बढेको हो । एक्पो सोमबारसम्म जारी रहनेछ । नाडाका अनुसार विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा यो एक्स्पो आयोजना गरिएको हो । 

एक्स्पोमा कुल ५१ वटा स्टल र ब्लक छन् । यसअन्तर्गत सात ब्रान्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ ब्रान्डका दुई पांग्े, तीन ब्रान्डका टायर, दुई ब्रान्डका ब्याट्री, नौ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा चार विभिन्न वित्तीय संस्था एक्पोमा सहभागी छन् । आयोजकका अनुसार ईभी एक्स्पोमा हाल नेपाली बजारमा उपलब्ध विद्युतीय सवारी साधनहरू मात्र देखिने छ । एक्पोको मुख्य आकर्षणका रुपमा रहेका टेस्ला मोडल ३ र मोडल बाईका बारे हामी जान्नेछौं । 

१. टेस्ला मोडल ३ र मोडल वाई
टेस्लाको मोडल ३ र मोडल वाई विश्व बजारमा निकै रुचाइएको सवारी हो । सोही क्रेजलाई ध्यानमा राखेर बिहीबारदेखि सुरु ‘नाडा ईभी एक्स्पो २०२२’ मा ‘टेस्ला मोडल ३ र मोडल वाई’ लाई मुख्य आकर्षणका रुपमा राखिएको छ । टेस्ला कम्पनीको यी दुई मोडल नेपाली आटो बजारमा निकै चलेको र रुचाइएको गाडी हो । सोहि कारण एक्स्पोमा मानिसहरु यो गाडीसँग फोटो खिचाउन होस वा खरिद गर्न वा गाडीको फिचरहरु जान्नका लागि निकै उत्साहित देखिन्थे । 

मेलामा दुईवटा मोडललाई मात्र प्रदर्शनीका लागि राखिएता पनि नेपाली बजारमा टेस्लाको तीन मोडलहरु मोडल वाई, टेस्ला मोडल ३ र टेस्ला मोडल एक्स उपलब्ध छन् । टेस्लाको वाई मोडलको कुरा गर्नुपर्दा एक पटकको फुल चार्जमा ३२६ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ भने, १५५ किलोमिटरको उच्च गतिमा गुडाउन सकिने कम्पनीले दावी गरेको छ । पाँच सिट भएको यो मोडलको रुफ पानोरमिक ग्लासबाट बनेको छ । १४ वटा स्पिकर रहेको यस मोडलमा दूई स्मार्ट फोनलाई वाइरलेस चार्ज गर्न सकिन्छ । टेस्लाको मोडल वाईलाई अधिकतम सुरक्षित कार मानिन्छ । यो मोडलको मुख्य विशेषता नै सुरक्षित यात्रा भएको कम्पनीले बताएको छ । मोडल वाईमा इम्प्याक्ट प्रोटेक्सन, निकै बलियो बडी स्टक्चर र लो सेन्टर अफ ग्राभिटी पाउन सकिन्छ । यसका अतिरिक्त कम्पनीले यसमा टेक्नोलोजीमा आधारित ५० भन्दा धेरै सुरक्षा फिचर प्रदान गरेको छ ।

टेस्ला मोडल वाईमा २० इन्चको अलोय ह्वील, पावर एड्जस्टेवल अगाडि र पछाडिको सिट, सबै हिटेड सिट, प्रिमियम अडियो सहितको १३ वटा उफर, एलइडी फगल्याम्प, १५ इन्चको इन्फर्मेशन डिस्प्ले रहेको छ । टेस्लाको मोडल वाई रियर ह्वील र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । रियर ह्वील ड्राइभमा २०९ किलोवाट क्षमताको मोटर छ भने अल ह्वील ड्राइभ सिस्टममा अगाडि र पडाडि रहेको दुबै मोटरको कम्वाइन्ड मोटरको पावर २९१ किलोवाट रहेको छ । साथै, कम्पनीले यसमा ७५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । 

उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०५ किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ । हाल नेपाली बजारमा टेस्ला मोडल वाईको मूल्य २ करोड ३० लाख रुपैंयाँ रहेको छ । नाडा इभी एक्स्पो २०२२ मा टेस्ला मोडल वाई, टेस्ला मोडल ३ राखिएको छ । यसैगरी टेस्ला मोडल ३ को कुरा गर्नु पर्दा यो मोडल पनि मोडल वाई जस्तै रहेको छ । तर आकारमा भने मोडल ३ मोडल वाई भन्दा सानो रहेको छ ।  
डिजाइन कारमा १८ इन्चको अलोय ह्वील अप्सनको साथमा सिल्हुट पनि देख्न सकिन्छ । कारमा फ्लश डोर ह्यान्डलर, विन्डसिल्ड देखि रियर स्पोइलरसम्म ग्लास रुफ रहेको छ । यद्यपि परफर्मेन्स भेरिएन्टमा पिरेली पी जीरो परफर्मेन्स रबरको साथ २० इन्चको ठूलो अर्बनटर्बान ह्वील, परफर्मेन्स ब्रेक, कार्बन फाइबर रियर स्पोइलर, लोअर सस्पेन्सन र स्पोर्टी आल्मुनियम अलोय प्याडल समावेश रहेको छ ।

फिचर
टेस्ला मोडल ३ मा १५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १२ पावर एडजस्टेबल फ्रन्ट र रियर हिटेड सिट, १४ स्पिकर अडियो सिस्टम, एक सबवुफर र २ एम्प्स, यूभी र इन्फ्रारेड प्रोटेक्सन, पावर फोल्डिङ, अटो डिमिङ र हिटेड साइड मिरर, ४ यूएसबी–सी पोर्ट र २ वायरलेस चार्जिङ पोर्टको साथमा टिन्टेड ग्लासरुफ जस्ता फिचर रहेको छ ।

अटो पाइलट
अटो पाइलट टेस्ला कार आफ्नो लेनमा अटोमेटिक रुपमा चल्छ । तीव्र गतिमा कार चलाउन र ब्रेक लगाउन सक्षम बनाउँछ । अटो पाइलट सिस्टम कार अल अटो ड्राइभिङ क्षमताको साथमा नेभिगेट गर्न अतिरिक्त रहेको छ । मोडल ३ उन्नत हार्डवेयरको साथमा स्ट्यान्डर्ड रुपमा पनि उपलब्ध रहेको छ । साथै सो कारलाई भविष्यमा अल अटो ड्राइभिङ क्षमताको लागि पनि तयार पारिएको छ ।

क्षमता
टेस्ला मोडल ३ तीन फरक फरक पावरट्रेन विकल्पको साथमा पेश गरिएको छ । जसमा स्ट्यान्डर्ड प्लस, लङ रेन्ज र परफर्मेन्स समावेश रहेको छ । स्ट्यान्डर्ड प्लस भेरिएन्टमा रियर ह्विल ड्राइभ कन्फिगरेसनको साथमा सिंगल इलेक्ट्रिक मोटर रहेको छ, जसमा ४२३ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्ने दावी गरेको छ । सो भेरिएन्ट २२५ किलोमिटर प्रति घन्टाको टप स्पिडको साथमा ५.३ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिने क्षमता रहेको छ ।

लङ रेन्ज र परफर्मेन्स ट्रिम्समा अल ह्विल ड्राइभ सेटअपको साथमा ड्युअल इलेक्ट्रिक मोटर रहेको छ । लङ रेन्ज भेरिएन्ट अनुमानित ड्राइभिङ ५६८ किलोमिटर र ४.२ सेकेन्डमा ९६ किलोमिटर प्रति घन्टाको स्पिड लिन्छ । सो भेरिएन्टको टप स्पिड २३३ किलोमिटर प्रति घन्टा रहेको छ । रेन्ज टपिङ परफर्मेनस एडिसनमा सिंगल चार्जमा ५०७ किलोमिटरको ईपीए अनुमानित रेन्ज रहेको छ । जसको टप स्पिड २६१ किलोमिटर प्रति घन्टा रहेको छ ।

सो भेरिएन्ट ३.१ सेकेन्डमा ० देखि ९६ किलोमिटर प्रति घन्टको स्पिड लिने क्षमता रहेको छ । मोडल ३ को नेपाली मुल्य १ करोड ४५ लाख पर्ने बिनोद श्रेष्ठले बताए । हाल मेलामा उपलब्ध टेस्ला लगायत अन्य विद्युतीय गाडीहरुमा २० प्रतिशत डाउन पेमेन्तका साथ ८० प्रतिशत बैंकिङ फाइनान्सका साथ सबै विद्युतीय गाडीहरु उपलब्ध गरिरहेको छ ।  
 

Logo