एकै नदीबाट दुई ठुला जलविद्युत आयोजना : सडक निर्माणको ढिलाइले समस्या

एकै नदीबाट दुई ठुला जलविद्युत आयोजना : सडक निर्माणको ढिलाइले समस्या


१०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ । 

एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ । जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जलगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ । नयाँ डिपिआर निर्माण कार्य जारी रहेको  आयोजनाबाट ८२.३ मेगावाट विद्युत उत्पादन हुने जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए ।

डिपिआरको काम सम्पन्न भएपछि १२२ भन्दा माथी विद्युत उत्पादन हुने सम्भावना समेत देखिएको अधिकारीले जानकारी दिए । जगदुल्लाको अहिले मुआव्जा ,विद्युत खरिद बिक्र्री (पिपिए), लगायतका कामहरु सम्पन्न भइसकेका छन् । विभिन्न निकायबाट शेर लगानी गरे बाफतको रकम समेत भुक्तानीको काम समेत चलिरहेको छ ।

विद्युत उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८०० कित्ता शेर , हाइडो«इलेक्ट्रिसिटी इन्भेष्टमेन्टले एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेर, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेर , कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार ५०० शेर र स्थानीय तह (जलदुल्ला , मुड्केचुला) २३ लाख ४३ हजार शेर गरी जम्मा त्रिसठ्ठी लाख उनान्पचास हजार तीन सय कित्ता शेर बाफत रु ६३ करोड ४९ लाख ३ हजार रुपैयाको शेर बाफत रकम कम्पनीले लिइरहेको छ । 

विद्युत उत्पादन कम्पनीअन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ । आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ ।

विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०÷१० प्रतिशत सेयर छ । अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५/५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रर्वधनात्मक सेयर रहेको छ ।

यही आर्थिक वर्षको अन्तिम सम्मा कम्पनीद्घारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठाउँबाट शेर बाफतको रकम आइसकेको र केही ठाउँको मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ । 

१०६ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत आयोजना निर्माणको पूर्व तयारी गरिरहेको कम्पनीले १२२ मेगावाटको जगदुल्ला ’ए’ पनि अघि बढाउन लागेको हो। कम्पनीले एक सूचना निकालेर जगदुल्ला–ए आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पार्नका लागि बोलपत्र अगष्ट २१ –२०२२ मा निकालेर नौ महिनामा प्रतिवेदन तयार पार्नेगरी बोलपत्र आह्वान गरिएको  कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए ।

उनका अनुसार क्यासकेडका रुपमा निर्माण गर्न लागिएको यो आयोजनाको विस्तृत अध्ययन भइरहेको छ । विद्युत प्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन र डिजाइनको काम गरिरहेको छ । जसले अध्ययनको ड्राफ्ट तयार पारिसकेको छ। एक वर्षभित्र यो आयोजनाको अध्ययन सक्ने लक्ष्य छ ।  कम्पनीले जगदुल्ला ’ए’ जलविद्युत आयोजनाको ८२.३ मेगावाटमा लाइसेन्स लिएको छ ।

तर अध्ययनले १२२ मेगावाट बनाउन सकिने देखिएको छ। क्षमता संशोधनका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिइसकेको छ । यो आयोजनाका लागि ७.१ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। क्यासकेड आयोजना रहेका कारण हेडवक्र्स बनाइरहनुपर्दैन । सोही कारण जगदुल्ला जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्स बनाएर सुरुङमार्गमार्फत जाजकोट , रुकुम पश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत उत्पादन हुनेछ । त्रिवेणीमा आयोजनाको पावर हाउस रहनेछ ।

आयोजनाको क्षमता संशोधनका लागि प्रस्ताव गरिएकाले लगानी कति हुने भन्ने एकिन नभएको बताइएको छ । डोल्पाको जगदुल्ला नदीमा आयोजना निर्माण हुनेछ । १ वर्षमा पूर्व तयारी सकेर ४ वर्षमा व्यवसायिक विद्युत उत्पादन गर्ने लक्ष्य छ। ६ घण्टासम्म पिकिङ क्षमता रहेको आयोजनाबाट वार्षिक करिब ६१५.३२ मेगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

जगदुल्लाको पूर्व तयारीका काम हुँदै 
कम्पनीले जगदुल्ला जलविद्युत आयोजना निर्माण अघिका पूर्व तयारीको कामहरु भइरहेको जनाएको छ । यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । एनइए इन्जिनियरिङ कम्पनीले चार वर्ष लगाएर विस्तृत अध्ययन गरेको हो । अहिले पहुँचमार्ग (एक्सेस रोड) निर्माणको काम चलिरहेको छ । ६ महिनामा पहुँचमार्ग निर्माणको काम सक्ने योजना छ। त्यसपछि खरिदमा गएर आयोजनाको काम सुरु गर्ने तयारी छ ।  

कम्पनीले कामदार, परामर्शदाता, अफिसका लागि भवन निर्माणको ठेक्का निकालिसकेको छ । प्राविधिक सहयोगीको रुपमा परामर्शदाता हायर गर्ने बोलपत्र  आह्वान गरिसकेको छ । आयोजनाको ठेक्का व्यवस्थापन, कामको अनुगमन, बिडिङ डकुमेन्ट लगायतको सहयोगका लागि परामर्शदाता नियुक्त लगाएतका कामहरु निरन्तर भैइरहेका छन् । ठूलो ठेक्कामा प्राविधिक सहयोगका लागि परामर्शदाता कम्पनी अनिवार्य रुपमा राख्नुपर्छ । 

जगदुल्ला डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिमा पर्ने जगदुल्ला नदीमा निर्माण हुनेछ । यो आयोजना सुरुमा ३०७ मेगावाट जलाशययुक्त निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो। कमजोर भुगोलका कारण  क्षमता घटाएर अर्धजलाशयुक्त बनाउन लागिएको हो। यो आयोजनाका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न करिब ४५ किमिको १३२ किलोभोल्ट क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । ९ महिनामा प्रसारणलाइनको विस्तृत अध्ययन सक्ने योजना छ । 

भेरी करिडोरको जाजरकोट डोल्पा सडक निर्माण गर्ने ठेकेदारको कामलाई गती नदिदा जलविद्युत आयोजना निर्माणमा ढिला भएको छ । पासागाड रिम्ना सम्मा पिच गर्ने जिम्मावारी लिएको ठेकेदार कम्पनी एती विलड्रस प्रालिले तोकिएको समयमा काम नगर्दा समस्य हुँदै आएको । रिम्ना देखि तल्लु सम्माको सडकमा कालेपत्रेको जिम्मेवारी समेत यही कम्पनीले लिएको छ । 

Logo