नक्सालमा खुल्यो यामाहा नेपालको सुविधा सम्पन्न ब्लु स्क्वायर शोरुम

नक्सालमा खुल्यो यामाहा नेपालको सुविधा सम्पन्न ब्लु स्क्वायर शोरुम


काठमाडौंको नक्सालमा यामाहो नेपालको अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा आएको छ । 

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । असोज १३ गते उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम नेपाली बजारमा उपलब्ध दुई पांग्रे सवारी साधन बजारकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल मोटर स्पोर्ट्स लिगेसीलाई आत्मसात गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ ।

ब्लु स्क्वायर शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई झल्काउने र स्क्वायरले ‘वान स्टप बाइङ जंक्सन’ झल्काउछ, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र एप्यारेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

उक्त शोरुममा बेटर कस्टोमर एक्सपेरियन्स अनुभव गर्नुको साथै छिटो र पर्सनालाइज्ड वान टु वान सर्भिस प्रदान गरिने जानकारी गराइएको छ । यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु कोर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर भएको बताइएको छ ।

Logo