एमाले-जसपाबीच तालमेल : जसपालाई प्रतिनिधि सभाका १७ सिट

एमाले-जसपाबीच तालमेल : जसपालाई प्रतिनिधि सभाका १७ सिट


एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ ।

मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । सहमतिअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।

तालमेल सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।  

Logo