युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल स्विट्जरल्याण्ड बन्दैन -अर्थविद् वाग्ले

युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल स्विट्जरल्याण्ड बन्दैन -अर्थविद् वाग्ले


अर्थविद् डा. स्वर्णिम वाग्लेले युवा पुस्ताले मुलुकको नेतृत्व गरेपनि नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसक्ने बताएका छन् । 

शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन् । उनले नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकाको अवस्थामा पु-याउन सकिने बताए । उनले अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको बताए । उनले नेपालमा अबको तीन/चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए । 

वाग्लेले अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए । उनले त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिकमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको बताए । उनले योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको बताए । 

‘अहिले जिडिपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत रहेको छ । १० वर्ष द्वन्द्व लगायतका कारण उद्योगमा कमी हुँदै आयो । अबको पुस्ताले  १२ देखि २५ प्रतिशतसम्म पु-याउनु पर्छ जस्तो लाग्छ । जलविद्युत उत्पादन बढाएर र आन्तरिक प्रतिष्पर्धालाई माथि उठाएर भए बढाउनुपर्छ । उद्योगको बिस्तार विकास नगरी हामी सेवा क्षेत्रमा प्रवेश ग-यौं । वार्षिक आम्दानीको हिसावले अफगानिस्तान भन्दा गरिब मुलुक नै छौं । नेपाल उद्योग बिस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागिरहेका छौं । अन्य देशमा सेवा क्षेत्र भन्नासाथ लेखा परीक्षक,टेलिकम, ढुवानी,बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझिन्छ । हाम्रोमा सामान्य होलसेल रिटेल कम भ्यालु भएको सर्भिसमा काम गरौं ।’उनले भने, दुई पुस्ता स्कीप गरौं । ए टिपिकल स्टक्चरलर ट्रान्सफमेसन  भनेको छु । नेपालको आयु २५० वर्ष भयो । २५० वर्षमा एउटा युनिक कम्पोजिसनमा गइरहेका छौं । आधा जनसख्या २५ वर्ष भन्दा मुनिको रहेको छ । अर्को ७ वर्षमा बुढैलो समाजमा जान्छौं । अहिले ११ जना युवाले काम गरिरहेको छ । सन् २०५० पछि चार जनाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने हुन्छ । अहिले राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट हामी ४ हजार डलर पुगेको भए स्वस्थ देश भन्न सक्थ्यौं । झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको छ । नीतिहरुमा पनि संकुचन आउने अवस्थामा गएका छौं ।’ 

उनले अगाडि थपे, ‘अब योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक ट्रान्जिसन बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व भएन । अब राजनीतिक नेतृत्वमा पनि परिवर्तन आउँदैछ । नेपालको तीन÷चार वर्षमा राजनीतिक नेतृत्वमा नयाँ ढोका खोल्नसक्छ । जति नै राजनीतिकमा युवा नेतृत्व आएपनि नेपाल सिंगापुर स्विट्जल्याण्ड बन्दैन । तर प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पु-याउन सकिन्छ । अहिले श्रीलंकाको ३९ सय प्रतिव्यक्ति आय रहेको छ ।’

Skip This
Logo