फुटपाथमा फूल बेच्नै सकसः ‘कताबाट महानगरका प्रहरीले छोप्ने हुन्, पत्तो हुन्न’

फुटपाथमा फूल बेच्नै सकसः ‘कताबाट महानगरका प्रहरीले छोप्ने हुन्, पत्तो हुन्न’


अघिल्ला सालहरुका तिहारमा फूल व्यापारीहरुलाई फूल र माला बेच्नमै भ्याईनभ्याई हुन्थ्यो । तर, यो वर्ष भने उनै फूल व्यापारीलाई काठमाडौं महानगरपालिकाका प्रहरीबाट भाग्नमै भ्याइनभ्याई छ । महानगरले फुटपाथका व्यवसायीहरुलाई पाँच महिनायता हटाउँदै आएको छ । जसले गर्दा फुटपाथमा तिहारका लागि फूल बेच्दै आएका व्यापारी महानगर प्रहरीका लागि आँखाको कसिंगर बनेका छन् । 
 
तिहार यस्तो पर्व हो जहाँ वर्षभरिमा विक्री नभएको फूल तिन दिनमै विक्री हुन्छ । अझ कतिले फूल बेचेर आधा वर्षका लागि खर्चको जोहो पनि गर्छन् । काठमाडौं उपत्यकाका फुटपाथमा फूलमाला नै बेचेर तिहार खर्च जुटाउनेको संख्या उल्लेख्य छ । उनीहरुले यसरी नै वर्षौदेखि फूल र मालासँग खुसी साट्दै आइरहेका छन् । तर, यो पटक भने जस्तो न त व्यापार भएको छ न व्यापारका लागि ढुक्कले बस्न नै । 

पछिल्लो ६ वर्षदेखि भारतबाट आएर सयपत्री फूलको व्यापार गर्दै आएका रवीन्द्र वानियाँ अर्को तिहारबाट काठमाडौं नआउने मनस्थितिमा पुगेका छन् । 
 
पोहोर साल तिहारमा १८ लाख माला खपत हुँदा २ लाख माला भारतबाट ल्याइएको थियो । यो वर्ष फ्लोरीकल्चर एसोशिएसन नेपाल (फ्यान)ले २० लाख माला खपत हुने अनुमान गरेको छ । जसमध्ये ३ लाख माला भारतबाट ल्याइएको छ । यद्यपिअघिल्लो वर्षको तुलनामा यो वर्ष सयपत्री र मखमली फूलको मालाको मूल्य बढेको छ । 
 
महानगर प्रहरीको हस्तक्षेपले निम्त्याउने दौडधुपले फूल व्यापारीलाई मात्रै नभएर फुटपाथमा व्यवसाय गर्दै आएका सम्पूर्ण व्यापारी मर्कामा परेका छन् । हुन त फुटपाथ व्यापार गर्न बनेको हैन तर उचित व्यवस्थापन बिना नै हटाएको प्रति भने व्यापारीको आपत्ति छ ।

वर्षैनी तिहारको अवसरमा फूलको माग बढ्दै गएको भएपनि हामी कहाँ फूलमै आत्मनिर्भर हुनसक्ने अवस्था भने अझै सिर्जना भएको छैन । यो वर्ष मात्रै तिहारमा १० देखि १५ प्रतिशत फूल÷माला आयात भएको एसोसिएसनले जनाएको छ । तथापी पुष्प व्यवसायमा अग्रसरता भने बढ्दै गएको छ । समयमै फूलको वेर्नादेखि खेतीमा आवश्यक सम्पूर्ण कुराहरु उपलब्ध भए यो संख्या पनि घट्नेमा फूल व्यवसायीसँगै सरकारी निकायहरु प्नि ढुक्क देखिन्छन् । 

Logo