सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर


नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।  

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।

Logo