सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा

सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा


टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकहरुलाई छिटो, छरितो तथा गुणस्तरीय सेवाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले थप सेवा तथा सुविधाहरु ल्याएको छ । 

हालै आयोजित एक विशेष कार्यक्रमबीच कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । त्यस अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यकताहरुको पहिचान गरी उत्कृष्ट विक्रि पछिको सेवाहरु प्रदान गर्नु रहेको बताएका छन् ।

त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष, इन्टरनेसनल विजनेस एण्ड स्ट्राटेजी, कमर्सियल भेइकल विजनेस अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्नाग्राहकहरुलाई विश्व स्तरीय सेवातथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र  टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा बृद्धि भई गाडी बिक्रि तथाप्रवर्धनमापनि सहयोग मिलेको कुरा बताए । 

टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनाबमुक्त सेवा तथा सुविधाहरुको मजालिने कुरामा विश्वस्त रहेको उनले बताए । 

टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथावी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् । उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।

मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए.एम.सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिनावा ५०,००० कि.मि सम्मको वारेन्टी सुविधा रहेको छ ।

एक्सप्रेस सेवाअन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पिअन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ ।

ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्ने कम्पनीले जनाएको छ । 

टाटा सिल्डअन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावी सुविधाहरु पनि रहेको छ । टाटा अलर्टअन्तर्गत कम्पनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । र वीकेयेर सेवाअन्तर्गत वर्कशपमा गाडी बनाउदाँ ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 

अनलाइनमार्फत सम्पन्न उक्त कार्यक्रममा टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुको साथमा कम्पनीका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Logo