यस्तो छ सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश [पूर्णपाठ]

यस्तो छ सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश [पूर्णपाठ]


काठमाडौं जिल्ला अदालतले बालिका बलात्कारकाे आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । 

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो । 

अदालतले लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने फैसला सुनाएकाे छ । ‘यसरी हेर्दा प्रमाण ऐन, २०३१ को दफा १० अनुसार पीडित र मौकामा कागज गर्ने मानिसहरुले व्यक्त गरेको कुरा प्रमाणमा ग्राह्य हुने अवस्था रहेको र ऐ. एनको दफा १८ ख अनुसार थुनछेक प्रयोजनका लागि अधिकार प्राप्त अधिकारीले गराएको मौकाका कागज प्रमाणहरु प्रमाणमा ग्रहण गर्न सकिने कानुनी व्यवस्था रहेको देखिन्छ । उक्त कानुनी व्यवस्थालाई मध्यनजर गरी हेर्दा उल्लेखित तत्काल प्राप्त प्रमाणहरुको आधारमा यी प्रतिवादी निर्दोष रहेछन् भनि मान्न मिलेन ।’ -अदालतको आदेशमा भनिएको छ । 

सो आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइने भएकाे छ । 

हेर्नुहोस्, अदालतको आदेश

 

 

 

 

Logo