नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू : तथ्याङ्क शुल्क २ लाखसम्म लाग्ने

नेप्सेको तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि लागू : तथ्याङ्क शुल्क २ लाखसम्म लाग्ने


नेपाल स्टक एक्सचेन्स (नेप्से)ले तथ्याङक प्रयोय सम्बन्धी कार्यविधि लागू गरेको छ । नेप्सेले उक्त कार्यविधि लागू गरेर कारोबार प्रणालीमा भएका तथ्याङ्क प्राप्त गर्न ईच्छुक निकायलाई ३० दिन भित्र आवेदन दिन आह्वान गरेको छ । 

नेप्से तथ्याङ्क प्रयोगसम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्याङक प्रयोगकर्ताले नेप्से समक्ष तथ्याङ्क प्रयोगको स्पष्ट उद्देश्यसमेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजातसहित नेप्सेमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार ईच्छुक तथ्याङ्क प्रयोगकर्ताहरुले चालु आर्थिक वर्ष २०७९/८० को लागि (कात्तिक २१ देखि मंसिर २१) अर्थात् सूचना जारी भएको मितिले ३० दिन भित्र आवेदन दिन आह्वान गरेको छ । 

तथ्याङ्क सूचना संस्थागत प्रयोजन र व्यवसायिक प्रयोजनका लागि दिने नेप्सेले जनाएको छ । साथै, त्यसको लागि छुट्टा छुट्टै शुल्क पनि लाग्ने जनाइएको छ । न्यूनतम २ हजारदेखि १ लाख रुपैयाँसम्म लाग्ने छ ।  

बैंक, इन्भेष्टमेन्ट तथा वित्तिय विश्लेषक कम्पनी

बैंक तथा वित्तिय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तिय विश्लेषक कम्पनीले नेप्सेको तथ्याङ्क प्रयोग गर्नको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड र हाल कम्तीमा १५ जना कर्मचारी हुनुपर्ने नेप्सेले जनाएको छ । साथै, उक्त कम्पनीहरु निरन्तर ३ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने छ । 

नेप्सेले सिर्जित भएको वास्तविक समयको विभिन्न तथ्याङक अनुसारको शुल्क तोकेको छ । सो कम्पनीहरुले सबै तथ्याङक प्रयोग गर्नको लागि एक महिनाको ६० हजार तिर्नुपर्ने हुन्छ । यस्तै, सूचकांकहरु मात्र प्रयोग गर्नेले १० हजार तिर्नु पर्ने हुन्छ । फ्लोर सिटका तथ्याङक प्रयोग गर्नेले २० हजार तिर्नुपर्ने हुन्छ । 

लाइभ ट्रेडिङ मूल्य प्रयोग गर्नेले २० हजार तिर्नुपर्ने हुन्छ । मार्केट सम्मरी प्रयोगकर्ताले १० हजार तिर्नु पर्ने हुन्छ । लाइभ मार्केटको तथ्याङ्क प्रयोग गर्नेले १५ हजार तिर्नु पर्ने हुन्छ । यस्तै, बजारको अवस्थाबारे बुझ्न र धितोपत्रहरुको सूची हेर्नेलाई भने २र२ हजार तिर्नुपर्ने नेप्सेले जनाएको छ । सोही तथ्याङ्क वास्तविक समय भन्दा १५ मिनेट ढिलो प्रयोग गर्नेलाई ५० प्रतिशत छुट हुनेछ ।

यस्तै, नेप्सेको सुरुदेखिको तथ्याङक प्रयोगकर्ताले १५ हजारदेखि १ लाखसम्म तिर्नुपर्ने हुन्छ । जसअनुसार ६ महिनाको तथ्याङक प्रयोग गर्न १५ हजार, १ वर्षको २० हजार, ५ वर्षको ३० हजार, ५ वर्षको ५० हजार र ५ वर्ष भन्दा धेरै सालको तथ्याङ्क प्रयोगकर्ताले १ लाख रुपैयाँसम्म तिर्नुपर्ने छ । सबै शूल्क एकपटक प्रयोग गर्नको लागि मात्र हो । 

तथ्याङ्क वितरक, वित्तिय औजार विकासकर्ता कम्पनी
 तथ्याङ्क वितरक कम्पनी, वित्तिय औजार विकासकर्ता कम्पनीले व्यापारिक तथा पुनः वितरणका लागि नेप्सेको तथ्याङ्क प्रयोग गर्न कम्पनीको न्युनतम चुक्ता पुँजी १ करोड र कम्तीमा ८ जना कर्मतारी भएको हुनुपर्ने छ । यस्तै, कम्पनी विगत ३ वर्षदेखि निरन्तर सञ्चालनमा रहेको हुनुपर्छ । 

नेप्सेले सिर्जित भएको वास्तविक समयको विभिन्न तथ्याङ्क अनुसारको शुल्क अनुसार उक्त कम्पनीहरुले सबै तथ्याङक प्रयोग गर्नको लागि एक महिनाको १ लाख तिर्नुपर्ने हुन्छ । यस्तै, सूचकांकहरु मात्र प्रयोग गर्नेले २० हजार तिर्नु पर्ने हुन्छ । फ्लोर सिटका तथ्याङक प्रयोग गर्नेले ३५ हजार तिर्नुपर्ने हुन्छ । लाइभ ट्रेडिङ मूल्य प्रयोग गर्नेले ३५ हजार तिर्नु पर्ने हुन्छ । मार्केट सम्मरी प्रयोगकर्ताले २० हजार तिर्नु पर्ने हुन्छ । लाइभ मार्केटको तथ्याङक प्रयोग गर्नेले २५ हजार तिर्नु पर्ने हुन्छ । यस्तै बजारको अवस्थाबारे बुझ्न र धितोपत्रहरुको सूची हेर्नेलाई भने ५र५ हजार तिर्नुपर्ने नेप्सेले जनाएको छ । सोही तथ्याङक वास्तविक समय भन्दा १५ मिनेट ढिलो प्रयोग गर्नेलाई ५० प्रतिशत छुट हुनेछ ।

नेप्सेको ६ महिनादेखि ५ वर्ष भन्दा माथिको तथ्याङ्क प्रयोगकर्ताले ५ देखि ७५ हजारसम्म तिर्नु पर्ने हुन्छ । जसअनुसार ६ महिनाको तथ्याङक प्रयोग गर्न ५ हजार, १ वर्षको १० हजार, ३ वर्षको २० हजार, ५ वर्षको ५० हजार र ५ वर्ष भन्दा धेरै सालको तथ्याङक प्रयोगकर्ताले ७५ हजार रुपैयाँ तिर्नुपर्र्छ । सबै शूल्क एक पटक प्रयोजनको लागि मात्र हो । अर्कोपटक प्रयोग गर्नको लागि पुनः उल्लेखित शुल्क तिर्नुपर्छ । 

सञ्चार माध्यमले पनि शुल्क तिर्नुपर्ने
सञ्चार माध्यमहरुले समाचार बनाउँदा प्रयोग हुने तथ्याङ्कको लागि शुल्क तिर्नुपर्ने भएको छ । उक्त तथ्याङ्क प्रयोग गर्नको लागि मिडियाहरु ३ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्छ । कम्पनीको चुक्ता पुँजी ५० लाख र काम गर्ने कर्मचारी कम्तीम १० जना हुनुपर्ने छ । 

सञ्चार माध्यमहरुले सबै तथ्याङक प्रयोग गर्नको लागि एक महिनाको ४० हजार तिर्नुपर्ने हुन्छ । यस्तै, सूचकांकहरु मात्र प्रयोग गर्नेले १० हजार, फ्लोर सिटका तथ्याङ्क प्रयोग गर्नेले १५ हजार, लाइभ ट्रेडिङ मूल्य प्रयोग गर्नेले १५ हजार, मार्केट सम्मरी प्रयोगकर्ताले १० हजार र लाइभ मार्केटको तथ्याङ्क प्रयोग गर्नेले १० हजार तिर्नु पर्ने हुन्छ । साथै बजारको अवस्थाबारे बुझ्न र धितोपत्रहरुको सूची हेर्नेलाई भने क्रमस २ हजार ५ सय तिर्नुपर्ने नेप्सेले जनाएको छ । सोही तथ्याङक वास्तविक समय भन्दा १५ मिनेट ढिलो प्रयोग गर्नेलाई ५० प्रतिशत भन्दा धेरै छुट हुनेछ ।

नेप्सेको ऐतिहासिक सबै तथ्याङ्क प्रयोगकर्ताले ५ देखि २५ हजारसम्म तिर्नु पर्ने हुन्छ । जसअनुसार ६ महिनाको तथ्याङ्क प्रयोग गर्न ५ हजार, १ वर्षको १० हजार, ३ वर्षको १५ हजार, ५ वर्षको २० हजार र ५ वर्ष भन्दा धेरै सालको तथ्याङक प्रयोगकर्ताले २५ हजार रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । 

गैर व्यापारिक तथा अनुसन्धानात्मक संस्थाहरु
नेप्सेका अनुसार विद्यालय, कलेर र गैर नाफामुलक अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको तथ्याङ्क प्रयोग गर्नको लागि १ हजारदेखि ५ हजार मात्र तिरेपनि हुनेछ । जसमा सबै तथ्याङ्क प्रयोग गर्नको लागि एक महिनाको ५ हजार तिर्नपर्ने हुन्छ । यस्तै, सूचकांकहरु, लाइभ ट्रेडिङ मूल्य र मार्केट सम्मरी प्रयोगकर्ताले क्रमस १ हजार तिर्नुपर्ने हुन्छ । यता फ्लोर सिटका तथ्याङक प्रयोग गर्नेले २ हजार तिर्नपर्छ भने बजारको अवस्थाबारे बुझ्न र धितोपत्रहरुको सूची हेर्नेलाई भने १र१ हजार तिर्नुपर्ने हुन्छ । उक्त शूल्क वास्तविक समय भन्दा १५ मिनेट ढिलो प्रयोग गर्नेको लागि तोकिएको हो । 

नेप्सेको ६ महिनादेखि सबै सालको तथ्याङक प्रयोगकर्ताले २ हजार देखि १ लाखसम्म तिर्नु पर्ने हुन्छ । जसअनुसार ६ महिनाको तथ्याङ्क प्रयोग गर्न २ हजार, १ वर्षको ५ हजार, २ वर्षको १० हजार, ५ वर्षको ५० हजार र सबै सालको तथ्याङक प्रयोगकर्ताले १ लाख रुपैयाँसम्म तिर्नुपर्ने छ । सबै शूल्क एक पटक प्रयोगको लागि मात्र हो । विद्यार्थीको हकमा भने सबै तथ्याङक निःशूल्क उपलब्ध गराउने नेप्सेले जनाएको छ । 

विदेशी कम्पनीहरु
विदेशीहरुले नेप्से तथ्याङक प्रयोग गर्नको लागि अमेरिकी डलरमा शूल्क तिर्नुपर्ने हुन्छ । सो कम्पनीहरुले सबै तथ्याङ्क प्रयोग गर्नको लागि एक महिनाको २ हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यस्तै, सूचकांकहरु मात्र प्रयोग गर्नेले ५ सय, फ्लोर सिटका तथ्याङक प्रयोग गर्नेले ७ सय, लाइभ ट्रेडिङ मूल्य प्रयोग गर्नेले ७ सय, मार्केट सम्मरी प्रयोगकर्ताले ४ सय र लाइभ मार्केटको तथ्याङक प्रयोग गर्नेले ५ सय डलर तिर्नुपर्ने हुन्छ । यस्तै बजारको अवस्थाबारे बुझ्न र धितोपत्रहरुको सूची हेर्नेलाई भने १ सय डलर तिर्नुपर्ने हुनछ । सोही तथ्याङ्क वास्तविक समय भन्दा १५ मिनेट ढिलो प्रयोग गर्नेलाई ५० प्रतिशत छुट हुनेछ ।

नेप्सेको ऐतिहासिक सबै तथ्याङ्क प्रयोगकर्ताले ५ सय देखि २ हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । जसअनुसार ६ महिनाको तथ्याङ्क प्रयोग गर्न ५ सय, १ वर्षको ७ सय, ३ वर्षको १ हजार, ५ वर्षको १५ सय र ५ वर्ष भन्दा धेरै सालको तथ्याङ्क प्रयोगकर्ताले २ हजार डलर तिर्नुपर्ने छ । सबै शूल्क एक पटक प्रयोगको लागि मात्र हो । 

नेप्सेले निशुल्क दिदै आएको सहुलियतहरुमा पनि रोक लगाएको छ । नेप्सेको सहुलियत लिन चाहाने कुनैपनि विभाग तथा निकायहरुले अनिर्वाय २ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि विदेशी कम्पनीले नेप्सेको सहुलियत लिनको लागि २ हजार अमेरिकी डलर भक्तानी गर्नुपर्छ ।

प्रयोगकर्ताले नेप्सेबाट उपलब्ध हुने तथ्याङ्क प्राप्त गर्नाको लागि त्रैमासिक रुपमा आग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । नियामक वा अनुसन्धान निकायबाट माग भई आएका तथ्याङ्कहरु निःशुल्क उपलब्ध गराउने नेप्सेले जनाएको छ । साथै, नेप्से सदस्य रहेको अन्तराष्ट्रिय संस्थाहरुको हकमा शुल्क आंशिक वा पूर्णरुपमा मिनाहा हुने छ । 

Logo