के अब सेयर बजारमा सुधार आउला ? के भन्छन् जानकारहरु ?

के अब सेयर बजारमा सुधार आउला ? के भन्छन् जानकारहरु ?


सेयर बजार यो वर्ष लगानीकर्ताको अनुकुल छैन । सुरुवातबाटै निरन्तर घटिरहेको सेयर कुन समयबढ्छ कुन समय घट्छ टुंगो छैन । धेरैले स्थानीय तह निर्वाचनपछि सेयर बजार बढ्ने अनुमान गरे तर सो भएन । निर्वाचनका लागि प्रयोग भएको रकम निर्वाचनपछि बैंकिङ प्रणालीमा आउने र तरलता सहज हुने अनुमान थियो । जसले सेयर बजार बड्ने अनुमान थियो तर त्यस्तो हुन सकिरहेको छैन । अहिले फेरि निर्वाचनको चहलपहल छ । बैशाखबाटै सुरु भएको निर्वाचनको वातावरणले सेयर ३ सय अंकले ओरालो लागिसकेको छ । 

बैंक तथा वित्तिय संस्थाहरुले नगद लाभांस र बोनस सेयर दिने घोषण गरेसँगै सेयर बजार मापन गर्ने परिसूचकमा सुधार देखिएको थियो । कारोबार रकममा पनि उत्साह देखिएको छ । तर यो अवस्था यथावत नै हुन्छ कि फेरि बजार ओरालो लाग्छ भन्नेमा सबै लगानीकर्ता अन्योलमा छन् । सेयर बजारमा बैंकको व्याजदरले प्रभाव पार्छ । अहिले बैंक तथा वित्तिय संस्थाको व्याजदर वृद्धि भएको छ । बैंकहरुले निक्षेपमा दिने व्याजदर बढाएपछि कर्जाको व्याजदर पनि बढ्छ । अहिले सेयर बजार बैंकको व्याजदरले धेरै नै प्रभावित भएको छ । त्यसैले अहिले बैंक रव्यावसायीबीच विवाद चलिरहेको छ । व्यावसायीहरुबैंकको व्याजदर वृद्धिविरुद्ध आन्दोलनमा छन् । 

पछिल्लो केहि समयदेखि सेयर बजारमा देखिएको उताबचढाबले लगानीकर्ताको मनोबल घटेको छ । २०७९ साल सुरु भएसँगै सेयर बजार राताम्मे बनेको छ । यस साल सुरुको कारोबार बैशाख ४ गते भएको थियो । त्यस दिन सूचक २९.५९ ले घटेर नेप्से परिसूचक २३८५.६५ विन्दुमा पुगेको थियो । हाल बजार १९०० विन्दुको हाराहारीमा छ । 

यस अवधिभर सेयर बजारमा निकै उताबचढाब आयो ।सेयर बजार मापक नेप्से परिसूचकले कुनै समय २४२०.९७ विन्दुको कीर्तिमान छोएको थियो । भदौ १२ गते नेप्से परिसूचक घटेर १९८९.२७ विन्दुमा रोकिएको थियो । त्यसपछिनेप्से परिसूचक ओरोलो लाग्नेक्रम रोकिएन् । यसै अवधिमा सेयर बजार मापन गर्ने परिसूचक १८०० विन्दुसम्म पुग्यो ।

कार्तिक १५ गतेबाट भने सेयर मापन गर्ने परिसूचक १ सय अंकले बढेको छ । बजारमा क्रमिक सुधार देखिन थालेको छ तर सन्तुष्ट हुने ठाउँ भने छैन । अब बजार निरन्तर बढ्छ कि फेरि घटिहाल्छ भन्ने सबै लगानीकर्तामा जिज्ञासा छ । 

कस्तो अवस्थामा सेयर बजार घट्छ ?

१, प्रविधि विश्लेषणमा विश्वास
२, कुन विन्दुमा बजार घट्छ वा बढ्छ भन्यो त्यही विन्दुलाई सबैले कुरेर बस्ने अनि खरिदबिक्रीको निर्णय गर्ने प्रविधिको विकास
३, गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न पाउने वातावरण नमिलाउनु
४, बढ्दो बैंकको व्याजदर 
५, सेयर शिक्षाको अभाव
६, लगानीकर्तामा धैर्याता नहुनु
७, लगानी योग्य रकम तरलताको अभाव
८, सेयर आपुर्ति अनुसारको बजार विस्तार गर्न नसक्नु
९, खस्केको अर्थतन्त्र
१०, राजनीतिक अवस्था
११,नेपालको पुँजी बजारलाई आधुनिक हुन नदिनु
१२, विभिन्न सामाजिक सञ्जालमा आउने समाचारका आधारमा सेयर कारोबार गर्दा 
१३, सीमित संस्था र व्यत्तिको पकडमा मात्र राख्न खोज्दा ।

के अब सेयर बजार उकालो लाग्ला त ?
नेपाली सेयर बजारको इतिहास हेर्ने हो भने निर्वाचनका समय सेयर बजारमा सकारात्मक परिर्वतन आउछ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सेयर बजार बढ्ने नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउछिन् । आगामी चुनावको लागि विभिन्न दलहरुले सेयर बजारलाई लक्षित गरेर घोषणपत्र सार्वजनिक गरेका छन् । साथै देशको अर्थतन्त्रमा पनि सुधार ल्याउने योजना अघि सारेका छन् । दलहरुले निर्वाचन जितेर सत्तामा पुगेपछि घोषणपत्रमा उल्लेख गरे अनुसार काम गरे भने छिट्टै सेयर बजारमा दीर्घकालिन रुपमा सुधार आउने अध्यक्ष पोखरेलको भनाइ छ । दलहरुको सेयर बजारमैत्री एजेन्डालेसेयर बजार सुधारको बाटोमा जाने लगानीकर्ताले विश्वास लिएका छन् । 

बैंक तथा कम्पनीहरुले नगद लाभांस र बोनस सेयर दिन थालेका छन् । त्यसैले अब सेयर बजारले छलाङ मार्ने सम्भावना रहेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । यति बेला लगानीकर्ताको मनोबल पनि बलियो बन्दै गएको छ । माइक्रोफाइनान्सहरुले बोनस राम्रो दिएको छ । त्यसैले कात्तिक २० गते मानुषी अघुवित्त, जाल्पा सामुदायिक, नेस्डो समृद्ध, उपकार, उन्नती सहकार्य अघुवित्त वित्तिय संस्थाको सेयर कारोबारमासकारात्मक सर्किट लागेको थियो । यसरीनै सबै वित्तिय संस्था तथा कम्पनीहरुले लाभांस दिनेभएपछि सेयर कारोबार बढ्छ र बजारमा सकारात्मक परिवर्तन आउने सेयर जानकारहरुको अपेक्षा छ । 

Logo