२३ असार २०७९ बिहीबार
1
1
1
1

प्राधिकरणले रातिको समयमा विद्युतीय सवारीलाई चार्ज गर्न छुट दिने

1
1
1
1

काठमाडौं,

नेपाल विद्युत प्राधिकरणले रातिको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत उपलब्ध गराउने भएको छ । सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातमा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकामा त्यसलाई पूरा गर्न रातिको समयमा सस्तो दरमा विद्युत उपलब्ध गराउने नीति लिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातको समयमा विद्युतको माग असाध्यै कम हुने भएकाले सोही समयमा विद्युतको खपत बढोस् भनेर सस्तो दरमा विद्युत उपलब्ध गराइएको छ, हाल केही कम्पनीले मात्रै उक्त सेवा लिएका छन्, विस्तारै त्यो बढेर जाने विश्वास छ ।”

प्राधिकरणले बढी विद्युत माग हुने समयमा विद्युतीय सवारी साधन चार्ज गर्दा नौ रुपैयाँ ५० पैसासम्म पर्ने र दिउँसो प्रतियुनिट सात रुपैयाँ ५० पैसासम्म पर्न जाने जनाएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको सक्रियता बढेपछि प्राधिकरणले पनि त्यसलाई उपयुक्त विधिबाट विद्युत् उपलब्ध गराउन लागेको हो ।
नेपाल समाचारपत्रबाट

प्रकाशित: ३० भदौ २०७६ ०६:३५ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी