निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिवसहितको टोली जुम्लामा

निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिवसहितको टोली जुम्लामा


निर्वाचनको सुरक्षावस्था बुझ्न मुख्य सचिव शंकरदास वैरागीसहितको टोली जुम्लामा पुगेको छ ।

निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाबारे बुझ्न सचिवस्तरको टोली जुम्लासहित कर्णालीका अन्य जिल्ला पुगेको हो । मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरण राज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देल सहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।

त्यस्तै, जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको बिषयमा जिल्ला सुरक्षा समितिसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिएको बताए । प्रजिअ केसरीका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र  जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनीपति राजेन्द्र केसीले साविक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा प्रस्तत गरेका थिए ।

नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशनसमेत गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ । मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन  भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सवै सुरक्षा निकायका प्रमुख समन्वय सहकार्य गरेर अगाडी बढ्न निर्देशन गरेका छन् ।

त्यस्तै, नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिव ससिहतको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुदै  मुगु बस्ने तालिका रहेको छ । सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम प्रस्थान गर्ने छ ।

Logo