गभर्नर अधिकारीकाे दाबी- राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख छ

गभर्नर अधिकारीकाे दाबी- राष्ट्र बैंकको कठोर नीतिले अर्थतन्त्र सुधारोन्मुख छ


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् । 

बुधवार नेपाल बैंक लिमिटेडको ८६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारी अर्थतन्त्र खस्किरहेको बेलामा सकरार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् । उनले अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत दाबी गरे । 

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताए । उनले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालु आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताए ।  असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उनको भनाइ थियो ।  

उनले भने- ‘नेपाल राष्ट्र बैंकले यो सालको तीन महिनामको वर्तमान आर्थिक स्थिति सार्वजनिक गरेको छ । हामी गत सालभर नै धेरै नै स्ट्रेसफुल आर्थिक अवस्थामा रह्यौँ । यहाँहरुले पनि लिक्विटिटि क्रञ्च लगायतको कारणले गर्दा कयौं कष्टुमरहरुको डिमाण्ड रिफर गरिरहेको हामीले देख्यौँ । इन्फ्लेशन साढे ८ प्रतिशत छ औसतमा, एक्सपोट लास्ट इयर भन्दा तीन महिनामा सिनिफेण्ट्ली घटेको पाउनुहुन्छ । इन्पुट पनि झन्डै ३५ प्रतिशतले घटेको यहाँले पाउनुहुन्छ । बाह्य क्षेत्रमा निकै हामीलाई पीडाजनक स्थिति थियो । तीन महिनाको डेटाहरु आइराख्दा हाम्रो ब्यालेन्स एण्ड पेमेण्ट १२ अर्बले पोजेटिभ देखिएको छ । यो हाम्रो लागि करिव १४ महिनापछि राम्रो हो । बीचमा हामीले धेरै अप्रिय खालका पोलिसीगत निर्णयहरु पनि लियौँ । इन्पुटका कुराहरु भए । ती सबै समग्र अर्थतन्त्रलाई कसरी हुन्छ स्थायित्व दिनु थियो । अर्थतन्त्र बिग्रिए अर्थतन्त्र भित्र बसेर काम गर्नेहरुलाई केही न केही असर पर्छ । त्यो असर अलि जटिल हुन्छ । नेपाल राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको कुरा अहिलेको रिजल्टबाट देखिएको छ । अर्थतन्त्रलाई सही ट्रयाकमा लैजाने आशामा छौँ ।’

Logo