‘फिल द म्याजिक अफ फुटबल अफ डिशहोम’ अभियान शुरु

‘फिल द म्याजिक अफ फुटबल अफ डिशहोम’ अभियान शुरु


डिश मिडिया नेटवर्कले आइतबारबाट सुरु हुन लागेको विश्वकप २०२२ का लागि ‘फिल द म्याजिक अफ फुटबल अफ डिशहोम’ अभियान शुरु गरेको छ ।

डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ ।  हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । 

नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । डिशहोममा विश्वकपको लाइभ स्ट्यान्डर्ड डेफिनेशन (एसडी), हाई डेफिनेशन (एचडी) वा टुके रेजोलुसनमा हेर्न सकिनेछ ।

त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गएर पोस्टमा #MagicalMomentsof उनीहरुको मनपर्ने टिम जस्तै (MagicalMomentsofPortugal) प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । 

Logo