नेप्सेमा गिरावट

नेप्सेमा गिरावट


चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ ।  

मंगलवार नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

मंगलवार जेविल्स फाइनान्सको शेयरमूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ । तर यता युनिलिभर नेपालको ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत  र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ। आज नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Logo