1
1
Kendrabindu - News & Articles from Nepal

सुनिल शर्माको नोवेल मेडिकल कलेज तेस्रोपटक सर्वाधिक कर तिर्ने संस्थाबाट सम्मानित

1
1
1
1
1
1
1

डा. सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ ।

११औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो। कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्र प्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । “जनतालाइ गुणस्तरिक सेवासंगै राज्यलाइ सवैभन्दा कढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ ।” उनले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको बिषय हो ।” 

शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाइ कायम राख्नेगरि काम गर्ने पनि बताए ।

प्रकाशित: ७ मंसिर २०७९ १३:३१ बुधबार

1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी