नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित

नेपाल लाइफको २२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहितका प्रस्ताव पारित


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा बसेको उक्त सभा होटल भिष्वा विरगंजमा सम्पन्न भएको हाे ।

सभामार्फत कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य प्रगति विवरण पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ । त्यसैगरी, साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत दरले हुन आउने रु. १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । आ.वं २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

सो क्रममा अध्यक्ष संघईज्यूले आ.व. २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि रहेको र कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गरे । 

Logo