नवलपरासी- १ः विनाेद चाैधरीसहित कांग्रेसको ‘क्लिन स्वीप’

नवलपरासी- १ः विनाेद चाैधरीसहित कांग्रेसको ‘क्लिन स्वीप’


नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं‍.१ मा नेपाली कांग्रेसले ‘क्लीन स्वीप’ पारेको छ । प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यमै कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । 

प्रतिनिधिसभा सदस्यमा जनता प्रगतिशील पार्टी(जप्रपा)का हृदयेश त्रिपाठीलाई पराजित गर्दै कांग्रेसका विनोद चौधरीले बाजी मारे । सत्ता गठबन्धनको साथ रहेको उनले २९ हजार ४९५ मत ल्याउँदा त्रिपाठीले २२ हजार ३०८ मत मात्रै पाए । साथै सो क्षेत्रबाट सुरुमा टक्कर दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी १२ हजार ४९९ मत ल्याए । 

त्यस्तै, प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका विश्वप्रेम पाठक र प्रदेशसभा ‘ख’ मा देवकरण कलवार निर्वाचित भएका छन् । 

पाठकले एमालेका पुण्य प्रसाद पौडेललाई पछि पारेका हुन् । उनले १५ हजार ४३६ मत ल्याउँदा पौडेलले १३ हजार ३१६ मत पाए । साथै, कलवारले जनमत पार्टीका असरफ अलि चुरिहारलाई २ हजार १९८ मतको अन्तरले पराजित गरे । कलवारले ११ हजार २८४ ल्याएर विजयी हुँदा चुरिहारले ९ हजार ८६ मत ल्याए । 

Logo