नेप्से परिसुचकमा दाेहाेराे अंककाे वृद्धि

नेप्से परिसुचकमा दाेहाेराे अंककाे वृद्धि


मंगलबार नेप्से परिसुचकमा ०.१५ प्रतिशतले उकालो लागेको छ । सोमबार सेयर बजार १५.६१ अंकले घटेर १९५०.३७ विन्दुमा रोकिएकाे थियो। सोही दिन करिब साढे एक अर्बको सेयर कारोबार भएको थियो ।

मंलबार २५ लाख ८९ हजार बढीको कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ ।

यस्तै, १९६ कम्पनीहरुको कारोबार हुँदा १२० कम्पनीमा वृद्धि भएको छ । साथै, ६७ कम्पनी घाटामा गएको र नौ कम्पनी स्थिर रहेको रहेको छ । साथै धौलागिरी लघुवित्त वित्तिय संस्था १५.३०, एनसिसि बैंक ८.९९ अंकले वृद्धि भएको छ । हिमालयन डिस्टिलरी ९ करोड ७२ लाख ७५ हजार ३८२ रुपैयाको कारोबार भएको र नविल बैंकमा भने ४ करोड ३१ लाख ६१ हजार ८९२ रुपैयाको कारोबार भएको छ ।

मंगलबार विकास बैंक, फाइनान्स, हाइड्रो पावर, जिवन बिमा, माइक्रो फाइनान्स, अन्य र म्युचुअल फण्ड कम्पनीहरुमा वृद्धि भएको छ । यस्तै, अरु कम्पनीहरुमा ओरालो लागेको नेप्सेले जनाएको छ ।

Logo