भृकुटीमण्डपमा फीन इलेक्ट्रोटेक मेला- २०२२ लाग्ने

भृकुटीमण्डपमा फीन इलेक्ट्रोटेक मेला- २०२२ लाग्ने


नेपालमा फीन इलेक्ट्रोटेक मेला- २०२२ लाग्ने भएको छ । मेला काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २२ देखि २५ गतेसम्म लाग्ने भएको हो । 

नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी हुन लागेको आयोजकहरुले जनाएका छन् ।

मेलामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरुको प्रदर्शनी हुनेछ । मेलाले इलेक्ट्रोनिक व्यवसायी, इन्जिनीयर विद्यार्थी लगायत सबै सरोकारवालाहरुलाई लाभ दिने नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । 
 
मेला करिव १ लाख जनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । चार वर्षपछि हुनलागेकोमेलामा अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु प्रदर्शनीमा राखिने अध्यक्ष पौडेलले बताए ।  
 
सन् १९९६ देखि हरेक २ वर्षमा हुँदै आएको मेला कोरोना महामारीका कारण यसपटक भने ४ वर्षमा हुन लागेको हो । 

Logo