नेपालमा सबैभन्दा धेरै रेन्ज दिने बीवाईडी अल न्यु ई६ः यस्ता छन् फिचर

नेपालमा सबैभन्दा धेरै रेन्ज दिने बीवाईडी अल न्यु ई६ः यस्ता छन् फिचर


नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक कार भित्रिए पनि बीवाईडी अल न्यु ई६ को फरक पहिचान छ । सिंगल चार्जमा ५२२ किलोमिटरको रेन्ज दिने यस कार धेरैका लागि पहिलाे राजाई  बनेको छ ।
 
विश्व प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीका यस कारले नेपालमा उपलब्धहरु इलेक्ट्रिक कारमध्ये सबैभन्दा धेरै रेन्ज दिने दाबी गरिन्छ । नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् ।

कम्पनीका अनुसार यसमा बीवाईडीको अल्ट्रा सेफ ब्लेड ब्याट्री राखिएको छ। यो ब्याट्री लामो समय सम्म टिक्नुका साथै सुरक्षित पनि छ । साथै यसमा भएको ७० किलोवाट मोटरले १८० एनएम टर्क उत्पादन गर्छ। यसमा भएको ७१.७ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको फुल चार्जमा ५२२ किलोमिटर रेन्ज प्रदान गर्नेछ । ८ वर्ष वा ५ लाख किलोमिटर गुड्दा सम्म ब्याट्री वारेन्टी उपलब्ध हुने कम्पनीकाे दाबी छ । 

यस कार अल न्यु ई६ ड्रागन फेस डिजाइनमा आधारित छ। यसमा डे टाइम रनिङ एलईडी लाइटहरु पनि उपलब्ध रहेका छन्।

यसमा नयाँ इन्टेरियर डिजाइन पनि अलि अलि फरक छ। यसमा लेदरको सिट उपलब्ध छ। त्यसैगरी यसमा ब्लुटुथ कनेक्टिभिटी सहितको १०.१ इन्चको रोटेटेबल टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । यसमा भएको ५८० लिटरको बुट स्पेसमा ४ ठूला सुटकेश र १ सानो सुटकेश राख्न मिल्ने स्थान रहन्छ । 

नेपाली बजारमा यस कारको मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ । इलेक्ट्रिक गाडीका लागि विभिन्न बैंकहरुले ८० प्रतिशत सम्म फाइनान्स सुविधा उपलब्ध गराउने गरेका छन् । त्यसैले शुरुमा २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरेर यसलाई आफ्नै गाडी बनाउन पनि सकिने कम्पनीले बताएको छ । 

Logo