उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष

उपेन्द्र महतो बने माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष


माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । 

बैंकको सञ्चालक समितिको ४७२ औ बैंठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । बैंकका निर्वतमान अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले उपेन्द्रलाई नयाँ अध्यक्षमा चयन गरेको हो । 

गैर आवासिय संघका संस्थापक अध्यक्षसमेत रहेका उपेन्द्र नेपालका एक सफल उद्यमी हुन्। 

Logo