२० मंसिर २०७८ सोमबार

चालक अनुमतिपत्रका लागि चार लाख कार्ड आइपुग्यो

काठमाडौं,

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।

‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उहाँले बताउनुभयो । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमता अनुसार छपाइ हुनेछ”, खनालले भन्नुभयो । चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।

सरकारले चार वर्ष अघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन) को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

प्रकाशित: १० असोज २०७६ ०६:२३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी