११ कात्तिक २०७८ बिहीबार

ठूलो डट कमको दोस्रो ठूलो दसैँको, ठूलो धमाका

काठमाडौं,

नेपालीहरूको महान चार्ड दसैंको विशेष उपलक्ष्यमा ठूलो डट कमले गत वर्षजस्तै, यस वर्ष पनि, ‘ठूलो दसैंको, ठूलो धमाका’, लिएर आएको छ । एनआईसी एसिया बैंक लगायत अन्तर्रास्ट्रिय र स्थानीय ब्रान्डहरू, उत्पादक तथा सेवा प्रदायकहरूको साझेदारीमा वर्षको सबैभन्दा ठूलो सेल महोत्सव बनाउने उद्देश्यले ‘दोस्रो ठूलो दसैंको ठूलो धमाका’, को आयोजना हुँदैछ । दसैं बिदाको ठीक अघि आयोजना हुने सेल महोत्सवमा ग्राहकहरूले सस्तो मूल्यमा सामान खरिद गर्न सक्नेछन् ।

ठूलो डट कममा १० हजार भन्दा धेरै सामानहरू र सयभन्दा बढी ब्रान्डहरूमा अतिरिक्त छुटको व्यवस्था गरिएको छ । ग्राहकहरूले आफूलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरू घरमै बसीबसी, ठूलो डट कमको मोबाइल एप र वेबसाइटमार्फत विशेष छुटसहित खरिद गर्न सक्नेछन् । नेपाललाई डिजिटल नेपाल बनाउन ठूलो डट कमले यसपटक पनि अनगिन्ती अफरहरूमा डिजिटल भुक्तानीलाई बढी प्राथमिकता दिएको छ ।

अफरहरूका भरपुर लाभ उठाउन सामान खरिद गर्दा ग्राहकहरूले बैंक खाताहरू, डेबिट र क्रेडिट कार्डहरू र वालेट ब्यालेन्समार्फत अनलाइन भुक्तानी गर्नुपर्नेछ । यो सेल महोत्सव यही असोज १५ गतेसम्मका लागि लागू हुनेछ ।

प्रकाशित: १० असोज २०७६ ०६:५० शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी