फिफा विश्वकपलाई लक्षित गर्दै ईभी नेपाल मोटर्सले ल्यायो आकर्षक अफर

फिफा विश्वकपलाई लक्षित गर्दै ईभी नेपाल मोटर्सले ल्यायो आकर्षक अफर


नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक ईभी नेपाल मोटर्सले नयाँ आकर्षक अफर बजारमा ल्याएको छ । 

उक्त अफरअन्तर्गत कुनै पनि स्कुटर खरिद गर्दा ग्राहकले एमआईको ३२ इन्च स्मार्ट गुगल टीभी पाउने सक्नेछन् । कतारमा जारी फिफा विश्वकपलाई घरमै बसेर हेर्न सक्नेगरी सो टिभि उपहारस्वरुप दिन लागिएको कम्पनीले जनाएको छ । 

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरमा विश्व प्रसिद्ध बोस कम्पनीको मोटर र विभिन्न क्षमताका लिथियम आयोन ब्याट्री प्रयोग गर्नुका साथै तीन राइडिङ मोडलगायत विभिन्न फिचर उपलब्ध छन् भने २ वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।  
 
नेपालभर रहेका विभिन्न शोरुमहरुबाट सो स्कुटर खरिद गर्न सकिनेछ । यस स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ । 

Logo