धनगढीमा निषेधाज्ञा जारी

धनगढीमा निषेधाज्ञा जारी


धनगढीमा निषेधाज्ञा जारी गरिएको छ । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न विवादले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । 

बिहीवार विहान धनगढी उपमहानगरपालिका- ५ हसनपुरस्थित सडक पिच गरिरहेको  ना१क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले साइकलमा विद्यालय जाँदै गरेकी तारानगरकी १५ वर्षीय चेतना साउदलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका छन् । 

आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म धनगढी उपमहानगरपालिका १, पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा वडा नं. ४ रातोपुल, उत्तरमा वडा नं. ५ सामुदायिक प्रहरी सेवा केन्द तथा दक्षिणमा वडा नं. १ र २ स्थित हुलाकी राजमार्गमा निषेधाज्ञा लगाइएकाे हाे । साे समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन निषेध गरिएकाे छ । 

घटनापछि ग्रेडर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Logo