नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा, कति पर्छ मूल्य ?

नेपालमै बनेको यति हेल्मेटको नयाँ मोडल बजारमा, कति पर्छ मूल्य ?


नेपालमा नै उत्पादन भएको सीई र आइएसओ सर्टिफाइड हेलमेट बजारमा किन्न पाइन्छ । ग्राहकका चाहनाअनुसार हाफ, फुल तथा मोटोक्रस हेलमेटहरु उपलब्ध रहेका छन् । 

यसैबीच रुपन्देहीको देवदहस्थित मयुर स्टिल इन्डष्ट्रिजले उत्पादन गरेको यति ब्रान्डको हेल्मेट नयाँ मोडलमा उपलब्ध भएको छ । मोटोक्रस र डर्ट बाइक राइडरहरुका लागि विशेष रुपमा डिजाइन गरिएको सो हेल्मेट फुल फेस हेल्मेट हो । 

सुरक्षाका सबै मापदण्ड पुरा गरी उत्पादन गरिएको यस हेल्मेटमा हाई डेन्सिटी थर्मोकोल र हाई क्वालिटी पेन्ट प्रयोग भएको छ । यसको बजार मूल्य मूल्य ५ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

Logo