सुन तोलाको ९९ हजार नाघ्यो

सुन तोलाको ९९ हजार नाघ्यो


नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । 

छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहकाे माैसम भएकाले पनि सुनकाे मूल्य बढेकाे हाे।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo