श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलङ्काले सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने


श्रीलङ्काले आगामी वर्ष करिब १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पनि पर्यटनमन्त्रीले दाबी गरेका छन् । 

पछिल्ला केही महिनामा पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री हरिन फर्नान्डोले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।  उनले  थुप्रै एयरलाइन्सले दक्षिण एसियाली मुलुकमा उडान सुरु गर्ने योजना रहेको पनि बताए छन् ।

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा  आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो। तर कोरोना महामारी र देशमा जारी आर्थिक एवं राजनीतिक सङ्कटका कारणले  पर्यटन व्यवसायमा झड्का लागेको छ ।  

श्रीलङ्कामा पर्यटन क्षेत्रको गतिविधि केही हदसम्म सकारात्मक दिशामा अघि बढेको छ ।  श्रीलङ्काको छिमेकी   देश माल्दिभ्सले विगत महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकहरूलाई स्वागत गर्दै आएको छ तर श्रीलङ्कामा  भने पर्यटक आगमन ३० हजार देखि ६० हजारमा सीमित रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ । -सिन्ह्वा

Logo