दोलखा प्रदेशसभा २ः एमालेका भरतबहादुर केसी निर्वाचित

दोलखा प्रदेशसभा २ः एमालेका भरतबहादुर केसी निर्वाचित


दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् ।

भिमेश्वर नगरपालिकाका निर्वतमान मेयर समेत रहेका केसीले नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई हराउँदै प्रदेश सदस्यमा निर्वाचित भएका हुन् । केसीले १९ हजार ४१४ मत ल्याएका थिए भने कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याएका थिए । १८ सय ९ मतको अन्तरमा केसीले लामालाई पराजित गरेका हुन् ।

मंसिर ४ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न भएपनि दोलखाको केही मतदान केन्द्रमा सत्तागठबन्धनले बुथ कब्जा गरे पछि निर्वाचन आयोगले मंसिर १५ गते केही मतदान केन्द्रमा पुन : मतदान गराएको थियो ।

Logo