रोजगारमुलक शिक्षा दिन र स्वरोजगार बनाउन सक्रिय लर्ड बुद्ध एजुकेसन फाउन्डेसन

रोजगारमुलक शिक्षा दिन र स्वरोजगार बनाउन सक्रिय लर्ड बुद्ध एजुकेसन फाउन्डेसन


नेपालमा बिरलै मात्र यस्ता निजी कलेज छन्, जसले गाउँसम्मै शिक्षाको ज्योति पुर्‍याउने उद्देश्य राख्छन् । जसले गाउँबाट गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर उच्च शिक्षाको अवसर प्रदान गर्छन् । तिनै कलेजमध्ये अगस्थानमा आउँछ, काठमाडौंको मैतीदेवीमा रहेको लर्डबुद्ध एडुकेशन फाउन्डेशन एण्ड कलेज फर प्रोफेशनल स्टडिज । 

शिक्षा क्षेत्रका प्रबुद्ध व्यक्तिको संलग्नतामा सरल र सुलभ तरिकाले गाउँगाउँसम्मै शिक्षा पुर्याउने उद्देश्यले सन् १९९८ मा खुलेको यो कलेजले यही वर्ष आफ्नो स्थापनाको रजत जयन्ती मनाउँदैछ । नेपालको पहिलो आइटी कलेज लर्डबुद्ध एजुकेसन फाउन्डेशन आफ्नो स्थापनाकालबाटै सिप र क्षमता अभिबृद्धिका लागि हरपल चनाखो रहँदै आएको छ । 

यो कलेजले ३ वर्षको अन्तरालमा १० हजार जना महिलालाई कम्युटर सम्बन्धी निशुल्क तालिम दिएरसूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेको छ

यो कलेजले ३ वर्षको अन्तरालमा १० हजार जना महिलालाई कम्युटर सम्बन्धी निशुल्क तालिम दिएरसूचना प्रविधिको क्षेत्रमा उदाहरणीय काम गरेको छ । आफ्ना कोर्समा समेत हरेक वर्ष सुधार गर्दै समय सापेक्ष बनाउने गरेको लर्डबुद्धले विश्व बजार सुहाउँदो नयाँनयाँ कोर्सहरु सञ्चालनमा ल्याउने गर्छ । 
 
स्नातक तह जोकोही विद्यार्थीका लागि सफलताको आधार स्तम्भ हो भन्ने कुराको राम्रो हेक्का भएको लर्डबुद्धले ब्याचलरपछि मास्टर लेभलमा पनि एमबीएका साथै एमएससीआईटीको कोर्ष सञचालन गरेर आफूलाई सूचना प्रविधिको क्षेत्रमा शीर्ष स्थानमा उभ्याएको छ । एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसन मलेसियाबाट सम्बन्धन प्राप्त लर्डबुद्धबाट स्थापनाको २५ वर्षमा उत्तीर्ण भएका करिब १३ हजार विद्यार्थी कोही पनि खाली बस्नु परेको छैन । 
 
लर्डबुद्ध एजुकेसन फाउन्डेशनले स्नातक तहमा विजनेशतर्फ बीबीएम र बीबीएम ई बिजनेश तथा कम्युटिङतर्फ बीएस्सी आईटी, बीएस्सी आईटी नेटवर्क कम्प्युटिङ र बीएस्सी आईटी क्लाउड इन्जिनियरिङका कोर्समा अध्ययन गराउँदै आएको छ । पछिल्लो समय खुलेका फिनटेक कम्पनीहरुलाई लक्षित गरी लर्डबुद्धले स्नातक तहमा बीबीएम इ बिजनेश कोर्सलाई समेटेर अध्यापन गराउँदै आएको छ । बीबीएम इ बिजनेश अध्ययन गराउने नेपालको पहिलो कलेज लर्डबुद्धले फिनटेक कम्पनी खल्तीसँगको सहकार्यमा यो कोर्सको डिजाइनिङ गरेको हो । 

मुलुकका प्रतिष्ठित कम्पनीहरुले कलेमै गएर विद्यार्थीहरुलाई गर्ने जब अफरले यस कलेजको ओज थप बढाएको छ । 
 

अर्को तर्फ लर्डबुद्धले बीएस्सी आईटीको कोर्समा पाँचौं सेमेस्टरका विद्यार्थीका लागि विभिन्न प्रतिष्ठित कम्पनीहरुमा इन्टर्नको व्यवस्था गरिदिएको छ । आफ्नो एकेडेमिक कोर्समा नै समावेश भएको चार महिने उक्त इन्टर्नले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिन मद्दत गर्दै आएको छ । मुलुकका प्रतिष्ठित कम्पनीहरुले कलेमै गएर विद्यार्थीहरुलाई गर्ने जब अफरले यस कलेजको ओज थप बढाएको छ । 
 
कलेजले विभिन्न ११ वटा अनलाइन लाइब्रेरीको पहुँच विद्यार्थीलाई उपलब्ध गराउँछ । यसले विद्यार्थीहरुको वृत्तिविकासमा सहयोग पुग्नुका साथै २० लाख किताब पढ्न र जर्नल हेर्न र पढ्न पाउँछन् । कलेजमा आफ्नो छुट्टै पुस्तकालय पनि छ जसले विद्यार्थीहरुलाई अध्ययनको बानी बसाउन सहज बनाइदिन्छ । लर्डबुद्धले कम्युटर एसोसिएसन नेपाल क्यानसँग मिलेर विगत चार वर्षदेखि हरेक प्रदेशबाट एक जनालाई सम्पूर्ण खर्चमा छुट हुने गरी छात्रवृत्ति उपलब्ध गराएको छ । अन्य ४२ जनालाई आंशिक छात्रवृत्ति दिने यो कलेजले नेपाल च्याम्बर अफ कमर्श, विभिन्न स्थानीय तह, नेपाल प्रहरी महिला संघसँगको सहकार्यमा समेत जेहेनदार तथा गरिब विद्यार्थीलाई अध्ययनमा सहज होस भनेर छात्रवृत्तिको व्यवस्था गरिदिएको छ ।

समयसापेक्ष र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भएर नै लर्डबुद्ध एडुकेशन फाउन्डेशन एण्ड कलेज फर प्रोफेशनल स्टडिज आईटी अध्ययनको क्षेत्रमा निर्विकल्प कलेजका रुपमा परिचित छ । 
 

फुलटाइम शिक्षकलाई मात्रै प्राथमिकता दिने लर्डबुद्ध एजुकेसन फाउन्डेशनले रिसर्चमा आधारित कोर्समा विशेष ध्यान दिने गरेको छ । हरेक तीन महिना र एक वर्षमा फरक फरक जर्नल निकाल्ने गरेको लर्डबुद्ध एजुकेसन फाउन्डेशन नेपालको पहिलो आईटी कलेजमात्रै नभइ पहिलो विदेशी कलेजका रुपमासमेत परिचित छ । समयसापेक्ष र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने भएर नै लर्डबुद्ध एडुकेशन फाउन्डेशन एण्ड कलेज फर प्रोफेशनल स्टडिज आईटी अध्ययनको क्षेत्रमा निर्विकल्प कलेजका रुपमा परिचित छ ।

 

Logo