अब विद्युतीय व्यवसायीहरु सडकमा आउनुपर्ने स्थिति रहँदैन -अर्थमन्त्री शर्मा

अब विद्युतीय व्यवसायीहरु सडकमा आउनुपर्ने स्थिति रहँदैन -अर्थमन्त्री शर्मा


अर्थमन्त्री जनार्दन शर्माले अब विद्युतीय व्यवसायीहरु सडकमा आउनुपर्ने स्थिति नरहने बताएका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा आज सुरू भएको फीन इलेक्ट्रोटेक २०२२ को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । विश्वभरी भइरहेको आर्थिक मन्दी अब धेरै समय नरहने अपेक्षा राख्दै उनले व्यवसायीहरुलाई सकारात्मक रहन आग्रह समेत गरेका छन् । ‘व्यवसायीहरु अब सडकमा आउनुपर्ने छैन । यो आर्थिक मन्दी बढी समय नरहला । सकारात्मक सोचौं,  सकारात्मक नै हुनेछ’ उनले भने । 

साथै अर्थमन्त्री शर्माले प्रदर्शनी हलका लागि व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकार सकारात्मक रहेको पनि बताए । 

No description available.फीन इलेक्ट्रोटिक २०२२ को दसौं संस्करण विहीबारदेखी भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको फीन इलेक्ट्रोटेक २०२२ को उद्घाटन समारोहमा अर्थमन्त्री शर्मा,नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,देशैभरीका विद्युत व्यवसायीहरु लगायतको उपस्थिति थियो ।

 

Skip This
Logo