सेवामा अवरुद्ध भएपछि एनसेलले ग्राहकसँग माग्यो माफी, भएको के थियो ?

सेवामा अवरुद्ध भएपछि एनसेलले ग्राहकसँग माग्यो माफी, भएको के थियो ?


निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले सडक विस्तारका क्रममा बुटवल-बर्दघाट र दमौली-आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको बताएको छ ।

अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि माफी माग्दै एनसेलले कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । 

अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्त्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन पनि कम्पनीले सबैलाई अनुरोध गरेको छ । ‘अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लाणि महत्त्वपूर्ण दुरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई हार्दिक अनुरोध गर्दछ । हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकप्रति आभारी छौं । हामी भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिवद्द छौं ।’ 

बिहीबार बिहानदेखि अवरुद्ध कम्पनीको सेवा केही घण्टापछि पुनः सुरु भएको छ । 

Logo