तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुनसक्छः वरिष्ठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले तत्काल पिपिए खुला नगरे निजी क्षेत्र बिस्थापित हुने अवस्था आउनसक्ने बताएका छन् । 
 
बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले १५ सय मेगावट सम्मको जलविद्युत आयोजनालाई पिपिए दिने निर्णय गरेर पनि कार्यान्वयन हुन नसकेको बताएका हुन् । उनले निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको बताए । 

वरिष्ठ उपाध्यक्ष ढकालले जलविद्युतमा निजी क्षेत्रबाट भएको लगानी पिपिए गर्न ढिला भए खर्बौंको लगानी अलपत्र पर्ने बताए । जलविद्युतको अर्बौंको लगानी गर्ने निजी क्षेत्र बिस्थापित हुँदा पुनः देशमा १८ घण्टाको लोडसेडिङ हुनसक्ने उनको दाबी छ । 

उनले भने, ‘अर्बौ रुपैयाँ लगानी गरेका पिपिए हुने अवस्था रहेका आयोजनाहरुको पिपिए भएको छैन । मन्त्रीपरिषद्ले १५ सय मेगावटको पिपिए गर्ने निर्णय भएपनि कार्यान्वयन भएको छैन । निजी क्षेत्रले जलविद्युतमा धेरै ठूलो लगानी गरेको छ । जसरी जलविद्युतमा भएको लगानी रहेको छ यति पिपिए गर्न ढिला ग¥यो भने निजी क्षेत्रले लगानी गरेको खर्बौं रुपैयाँ अलपत्र पर्ने अवस्था छ । यस्ता आयोजनाहरु अगाडि बढाउन अनुमति दिइएन भने निजी क्षेत्र निरुत्साहित हुनेछ ।  अहिले अर्थतन्त्रमा देखिएका बैंकिङ तरलता,ब्याजदर लगायतका समस्याले संकटमा जान्छ की भन्ने आशंका रहेको छ । त्यसलाई प्राथमिकता दिएर आउने सरकारले समाधान गर्ने अपेक्षा छ । अहिले देखिएको समस्या निजी क्षेत्रको मात्रै नभएर समग्र मुलुकको नै समस्या हो ।’
 
त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारले सरकारले पछिल्लो समय व्यवसायीहरुका समस्या समाधान गर्न ढिला गरेको बताए । निजी क्षेत्रको आत्मबल कमजोर भए अर्थतन्त्र माथि उठ्न नसक्ने दाबी गरे । उनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान अवस्थामा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताए ।

Logo