फीन इलेक्ट्रो-टेकमा पहिलो दिन नै १० हजार बढीले गरे अवलोकन

फीन इलेक्ट्रो-टेकमा पहिलो दिन नै १० हजार बढीले गरे अवलोकन


विद्युतीय सामग्री र सेवाप्रवाह सम्बन्धी बृहत् प्रदर्शनी फीन इलेक्ट्रो-टेक २०२२ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । 

नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रदर्शनीको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । सो क्रममा मन्त्री शर्माले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । देशमा देखिएको आर्थिक मन्दीलामो समय नजाने उल्लेख गर्दै उनले अब व्यवसायीहरु सडकमा आउनु नपर्ने पनि बताए । 

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देश विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पार्दै सरकारले लगानी सुरक्षाको प्रत्याभूति दिनुपर्ने बताए । 

प्रदर्शनीको उद्घाटन समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक श्रेष्ठ, टाइटल स्पोनसर अन्नपूर्ण ग्लोबल इम्पेक्स प्रालिका संचालक राजेन्द्रकुमार राठी लगायतले विद्युत उत्पादन र विद्युतीय सामग्रीको प्रयोगमार्फत विद्युत खपतका विविध पक्षबारे धारणा राखेका थिए । 

प्रदर्शनीमा वटा ७५ वटा स्टल राखिएका छन् । प्रदर्शनीको पहिलो दिनमा १० हजार ७७० जनाले अवलोकन गरेका छन् । ४ दिनसम्मचल्ने प्रदर्शनीमा करिव ६० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुलएवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएको छ । फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचनाप्रविधि, वैकल्पिकउर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाको आकर्षण रहेका छन् ।

इलेक्ट्रोटेकमा नेपाल र नेपालबाहिरका ब्राण्डहरु सहभागी भएका छन् । इलेक्ट्रिक उत्पादन प्रयोग गर्ने इन्डस्ट्रीलाई, उपभोक्तालाई, आर्किटेक बिल्डर्स, होटललगायत इलेक्ट्रिकसँग सम्बन्धित सबैलाई मेलाले सहयोग गर्ने विश्वास लिइएको छ । 

मेला आयोजनाका सहयोगी संस्थाहरुमा नेपालउद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्रऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोसिएशन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग, आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जलविद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोसिएशन रहेका छन् ।

Skip This
Logo