सामलिङ पावर कम्पनीको २१ पुसमा वार्षिक साधारणसभा हुने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुसमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाले यसले आर्थिक वर्ष २०७८-७९ का लागि कुनै पनि लाभांश तथा सेयर प्रस्ताव नगरिएको कम्पनीले सूचनामार्फत जनाएको छ ।
प्रकाशित: २३ मंसिर २०७९ १४:०२ शुक्रबार