‘यो गठबन्धनको सरकार बन्नु बाध्यात्मक’ -सूर्य थापा

‘यो गठबन्धनको सरकार बन्नु बाध्यात्मक’ -सूर्य थापा


नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढ्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले सो बताएका हुन् । उनले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताए । 

उनले भने, ‘यो गठबन्धन बन्नु स्वभाविक हो, बाध्यात्मक हो भन्ने मेरो मान्यता हो । सरकार बन्यो राजनीतिमा । राजनीतिमा असम्भव समिकरण बन्छ, अहिले बन्यो । तर, नेपालको संविधान बमोजिम भएको दोस्रो आवधिक निर्वाचनबाट आएको प्रतिनिधिसभाको संरचनामा हामीले चाहेर अथवा गठबन्धनले चाहेर यस्तो भएको होइन । संविधान अनुसार सात पार्टीको यो सरकार बनेको छ । जनताको बीचमा पुगेका सबै पार्टीहरु हुनुहुन्छ नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक सबै हुनुहुन्छ । राष्ट्रपतिको आह्वान भएबमोजिम देशले सरकार पाएको छ । यो संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट गठबन्धन भएको छ ।’ 

अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताए । उनले विगतमा फुट आएपनि अव मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताए ।

Logo