आज कुन मुद्रा कतिमा किनबेच हुँदैछ ?

आज कुन मुद्रा कतिमा किनबेच हुँदैछ ?


नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलरको भाउमा सामान्य परिर्वतन भएको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ । बुधबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा कारोबार भएको थियो । यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३७ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा १९ पैसाले युरोपियन युरोमा आरालो लागेको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९५ पैसा तोकिएको छ । बुधबार यसको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकीएको थियो । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ५ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४३ पैसा र बिक्रीमा १० रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४४ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Logo