नेपाल र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा पुनः सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको थियो ।
त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
प्रकाशित: १४ पुष २०७९ १३:०५ बिहीबार