प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन [तस्विरहरू]

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन [तस्विरहरू]


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । 

आईतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकीका मुख्यमन्त्री कृष्णभक्त पोखरेल नेपालीलगायतको उपस्थिति रहेको थियो । यसअघि त्यस क्षेत्रमा हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको छ । 

२०३२ सालमा तत्कालीन अन्चलाधिश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए। तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। पछि ६ सय २९ रोपनी अधिग्रहण भयो। पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो। अब सञ्चालनपछि विमानस्थलबाट वार्षिक ५० करोड भन्दा बढी आम्दानी हुने दाबी गरिएकाे छ । 

May be an image of 4 people, people standing and textविमानस्थलबाट उद्घाटनकै दिन भने अन्तर्राष्ट्रिय उडान नहुने भएको छ । बरु अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ। तर पोखराबाट अन्तर्राष्ट्रिय उडानको टुंगो लागेको छैन।

May be an image of 8 people, people standing and outdoors

May be an image of one or more people, people standing, sky and crowd

May be an image of 2 people and text that says 'KHARA INTERNATIONAL AIR INAUGURATI CEREMONY 1st J 2023 9AInG'

May be an image of one or more people, people standing and people sitting

Logo