‘हात्तीछाप’मा उपासनाको मुख्य भूमिका

‘हात्तीछाप’मा उपासनाको मुख्य भूमिका


प्रदर्शनरत फिल्म ‘डिसेम्बर फल्स’ की अभिनेत्री उपासनासिंह ठकुरीको अभिनय ‘हात्तीछाप’मा पनि रहने भएको छ । फिल्मको मुख्य भूमिकाका लागि उनी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली ठकुरीसँग फिल्म अभिनयका लागि बुधबार सम्झौता गरेका छन् । 

नेपालीको केही अगाडि फिल्म ‘दुई नम्बरी’ आएको थियो । यो फिल्ममा पनि अभिनेत्रीको रुपमा ठकुरीनै रहेकी थिइन् । ‘हात्तीछाप’का लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले उनलाई चित्त बुझाएर फाइनल गरिएको बताए ।

सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायतको अभिनय रहने फिल्म सिमोस सुनुवारले निर्देशन गर्न लागेका हुन् । एक्सन–थ्रिलर बिषयमा निर्माण हुने फिल्मका सांसद दीपक मनाङ्गे ,व्यवसायी अमलादेवी राई निर्माताको रुपमा रहेका छन् । फिल्मको छायांकन चैतदेखि सुरु हुनेछ ।

Logo