गरगहना चोरेको आरोपमा एक जना पक्राउ

गरगहना चोरेको आरोपमा एक जना पक्राउ


चाँदीका गरहरना चोरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सर्लाहीकाे ब्रहम्पुरी गाउँपालिका–३ भेल्ही चोकस्थित सोही गाउँपालिका–२ बस्ने रामचन्द्र साह सोनारको सुनचाँदी पसलबाट चाँदीका विभिन्न ९ थान गरगहना चोरी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–२ बस्ने १९ वर्षीय राजबाबु चन्द्रवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रवंशीले चाँदीका गरगहना चोरी गरी भाग्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट बिआर ३० बि ८०१० नम्बरको मोटरसाइकल तथा सोही मोटरसाइकलको ट्याङकी मुनी लुकाई राखेको नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

Skip This
Logo